मंसिर ०७, २०८१, शुक्रबार
               

भारतीय प्रधानमन्त्री मोदी विपक्षीप्रति रुष्ट

नेपाल फ्ल्यास
मंसिर १६, २०७७

ADVERTISEMENT

वाराणसी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विपक्षी दलहरुप्रति रुष्ट भएका छन् । कृषिसम्बन्धि नयाँ कानूनलाई लिएर कृषकलाई विपक्षी दलले उचालेको प्रधानमन्त्री मोदीको आरोप छ । 

भारतमा केही समयदेखि किसानहरुले कृषिसम्वन्धी नयाँ कानूनप्रति असन्तुष्टि जनाउदै विरोध प्रदर्शन गर्दै आएका छन् । उक्त प्रदर्शनको लागि केन्द्रीय राजधानी नयाँ दिल्लीमा हजारौँ किसानहरु भेला भएलगत्तै प्रधानमन्त्री मोदी थप रुष्ट भएका छन् ।

किसानका उत्पादन बेचविखनसम्वन्धी नयाँ कानूनलाई प्रधानमन्त्री मोदीले भने ऐतिहासिक कानूनको संज्ञा दिएका छन् । मोदीले महत्व दिएको कानूनको विरुद्ध नै प्रदर्शन चर्किदै जानुको पछाडि विपक्षीहरुको हात रहेको उनको बुझाइ छ । 

विपक्षी दलहरुको नाम नलिई उनले भने, ‘किसानहरूलाई ऐतिहासिक कानुनका विरुद्धमा गलत तरिकाले परिचालन गरिएको छ, केही व्यक्तिहरुले यसलाई दुरुपयोग गरेका छन् ।’ वारणासीमा भएको एक कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री मोदीले समाजलाई नै भ्रमित पार्नेहरूबाट सतर्क हुनुपर्ने बताए । 

यो पनि