जेठ ०६, २०८१, आइतबार
               

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन कुकुरसँग खेल्दा घाइते

नेपाल फ्ल्यास
मंसिर १५, २०७७

ADVERTISEMENT

एजेन्सी । कुकुरसँग खेल्दा नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेन घाइते भएका छन् ।  राष्ट्रपति बाइडेन आफ्नै कुकुरसँग खेल्दा घाइते भएको विभिन्न समाचार माध्यमले जनाएका छन् । 

आइतबार डाक्टरहरुले जारी गरेको विज्ञप्तिमा बाइडेनको खुट्टामा ‘हेयरलाइन फ्रयाक्चर’ भएको केही हप्तासम्म ‘वाकिङ बुट’ आवश्यक पर्ने समाचारमा जनाइएको छ । शनिबार आफ्नो कुकुर ‘मेजर’ सँग खेल्ने क्रममा बाइडेन चिप्लिएर लडेका थिए ।

‘प्रारम्भिक एक्सरेमा फ्रयाक्चरु नदेखिएपनि विस्तृत क्लिनिकल परीक्षणमा हेयरलाइन फ्रयाक्चर देखिएको थियो,’ डा केभिन ओ’कोनरले आइतबार भने । यसअघि बाइडेनको अफिसले कुकुरसँग खेल्दा लडेर कुर्कुच्चो मर्किएपछि डाक्टरसँग जाँच गराएका थिए । आइतबार साँझ राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि ट्वीट गर्दै उनको स्वास्थ्यलाभको कामना गरेका छन् । 

यो पनि