जेठ ०६, २०८१, आइतबार
               

अफगानिस्तानमा कार बम आक्रमण हुँदा ३० सुरक्षाकर्मीको मृत्यु

नेपाल फ्ल्यास
मंसिर १४, २०७७

ADVERTISEMENT

अफगानिस्तानको एक सैन्य शिविरमा गराइएकोकार बम आक्रमणमा परी कम्तीमा ३० सुरक्षाकर्मीहरूको मृत्यु भएको छ । अफगानिस्तानकाे गजनी प्रान्तमा भएको विस्फोटनमा अन्य २० जनाभन्दा बढी घाइते भएको विवरणमा जनाइएको छ।

यो अफगान सुरक्षाकर्मीमाथि पछिल्ला केही महिनायता गरिएका निकै घातकमध्येको एउटा आक्रमण हो । अफगानिस्तानकै जाबुलमा सवारीसाधनमाथि गरिएको एउटा छुट्टै बम हमलामा तीन जनाको ज्यान भएको छ । समाचारमा जनाइए अनुसार प्रान्तीय परिषद्‌का प्रमुखलाई आक्रमणको निसाना बनाइएको थियो। घटनामा उनी जोगिन सफल भएका छन्।


कस्तो लाग्यो ?

यो पनि