जेठ ०५, २०८१, शनिबार
               

गुजरातको अस्पतालमा आगलागी, पाँच कोरोना संक्रमितको मत्यु

एजेन्सी
मंसिर १३, २०७७

ADVERTISEMENT

भारतको गुजरातस्थित एक अस्पतालमा आगलागी हुँदा कम्तीमा पाँच जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार गुजरात राज्यको राजधानी गान्धीनगरबाट करिब २३७ किलोमिटर पश्चिम राजकोट जिल्लास्थित शिवानन्द अस्पतालको सघन उपचार कक्ष (आइसियू) मा शुक्रबार आगलागी भएको हो । 

आगोमा जलेर पाँच जना कोरोनाका बिरामीको मृत्यु भएको छ  भने ६ जना भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको अस्पतालका अधिकारीले जनाएका छन् । 

घटनापछि अस्पतालमा उपचाररत २२ बिरामीलाई अन्य अस्पतालमा सारिएको छ । 

विद्युत चुहावटका कारण आगलागी भएको अनुमान गरिएको छ । तर प्रस्ट भइसकेको छैन ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान समिति गठन गरिएको अधिकारीले जनाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि