जेठ ०६, २०८१, आइतबार
               

...अनि मात्र ह्वाइट हाउस छाड्छु : ट्रम्प

नेपाल फ्ल्यास
मंसिर १२, २०७७

ADVERTISEMENT

 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जो बाइडेनको जित औपचारिक रुपमा सुनिश्चित भए आफूले ह्वाइट हाउस छाड्ने बताएका छन् ।

यद्यपि चुनावी प्रतिस्पर्धा अझै नटुंगिएको उनको जोड थियो ।

चुनावमा धाँधली भएको आरोप लगाउँदै ट्रम्पले हार स्वीकार गर्न मानेका छैनन् ।

बाइडेनले ३०६ इलेक्टोरल मत जितिसकेका छन् । ट्रम्पले मात्र २३२ मत प्राप्त गरेका छन् । ट्रम्पको तुलनामा बाइडेनले ६० लाखबढी लोकप्रिय मत पनि पाएका छन् ।

डिसेम्बर १४ का दिन इलेक्टरले यो निर्वाचनलाई औपचारिकता दिनेछन् ।

ह्वाइट हाउसमा पत्रकारहरुले ट्रम्पलाई प्रश्न गरेका थिए- 'इलेक्टोरल कलेजको मतदानमा हार भए ह्वाइट हाउस छाड्नु हुन्छ कि हुन्न ?'

जवाफमा उनले भने, ‘निश्चय नै छाड्नेछु। तपाईंलाई पनि त्यो कुरा थाहा छ ।’ 

तर, उनले थपे, ‘यदि तिनले बाइडेनलाई चुने भने त्यो गल्ती हुनेछ ।’

उनले आफूले कहिल्यै हार स्वीकार नगर्ने संकेत पनि गरे ।

‘हार स्वीकार गर्न निकै कठिने हुनेछ, किनभने यहाँ भयंकर धाँधली भएको हामीलाई थाहा छ,’ ट्रम्पले भने । 


कस्तो लाग्यो ?

यो पनि