मंसिर ०७, २०८१, शुक्रबार
               

चिनियाँ विदेशमन्त्री वाङद्वारा जापानका प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीसँग भेटवार्ता

नेपाल फ्ल्यास
मंसिर ११, २०७७

ADVERTISEMENT

टोकियो । जापान भ्रमणमा रहेका चिनियाँ विदेश मन्त्री वाङ यीले जापानका विशिष्ट व्यक्तिहरुसँग भेटवार्ता गरेका छन् । उनले वर्तमान प्रधानमन्त्री योशिहिदा सुगा, पूर्व प्रधानमन्त्री यासुओ फुकुदालगायतसँग भेटवार्ता गरेका हुन् । 

विदेशमन्त्री वाङ यीले बुधबार प्रधानमन्त्री योशिहिदासँगको भेटवार्ताका क्रममा दुई पक्षीय हित र सहकार्यका बारेमा छलफल गरेको जनाइएको छ । जापानमा नयाँ प्रधानमन्त्रीको रुपमा योशिहिदाको आगमनसँगै चीनले अझ उचाइका साथमा दुई देशको सम्वन्ध सुधार गर्न चाहेको वाङले बताएका थिए ।

उनले चीनले जापानलाई विषेश महत्व दिएको पनि प्रधानमन्त्री योशिहिदालाई जानकारी गराएका थिए । भेटवार्ताका क्रममा उनले दुई देशको सम्वन्ध र सहकार्यलाई नयाँ तहबाट अगाडि बढाउन स्पष्ट मार्गदर्शण होस भन्ने चाहेको पनि बताएका थिए । 

यसैक्रममा जापानका प्रधानमन्त्री योशिहिदाले जापान र चीनको स्थिर सम्वन्ध दुई देशका लागि मात्रै नभई यस क्षेत्र र अन्तर्राष्ट्रिय परिवेशकै लागि अर्थपूर्ण हुने धारणा राखेका थिए । आपसी सम्बन्धलाई बलियो र उपलब्धिमुलक बनाउन दुवै देश उत्तिकै जिम्मेबार हुनुपर्नेमा पनि उनले जोड दिएका थिए । 

त्यसैगरी चिनियाँ विदेश मन्त्री वाङले जापानका पूर्व प्रधानमन्त्री फुकुदासँगको भेटवार्ताका क्रममा पनि आपसी सम्बन्धलाई कसरी बलियो बनाउन सकिन्छ भन्ने बारेमा नै कुराकानी गरेका थिए ।

उनिहरु दुवै जना दुई देशको सम्बन्धलाई अझ घनिष्ट बनाउँदै लैजाने गरी अगाडि बढ्न सहमत भएको जनाइएको छ । जापानमा नयाँ सरकार आएसँगै नयाँ ढंगले दुई देशको सम्बन्धलाई मजबुद गराउन चाहेको विदेश मन्त्री वाङ्ले बताएका थिए । 

यो पनि