जेठ ०९, २०८१, बुधबार
               

रहेनन् फुटबल लिजेण्ड डिएगो म्याराडोना

एजेन्सी
मंसिर १०, २०७७

ADVERTISEMENT

अर्जेन्टिनाका पूर्व कप्तान तथा फुटबल लिजेण्ड डिएगो म्याराडोनाको निधन भएको छ ।

पूर्व अट्याकिङ मिडफिल्डर म्याराडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो ।

हृदयघातको कारण म्याराडोनाको निधन भएको बिबिसीले जनाएको छ ।

दुई साता अघि मात्र म्याराडोना अस्पतालबाट डिस्चार्ज भएका थिए । उनको मस्तिष्कको ब्लड क्लोटको शल्यक्रिया गरिएको थियो ।

अर्जेन्टिनाका पूर्व प्रशिक्षक समेत रहेका म्याराडोना विश्व फुटबलका महान खेलाडी मानिन्छन् ।

म्याराडोना अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए ।

अर्जेन्टिनाका लागि म्याराडोना १९७७ देखि १९९४ सम्म खेलेका थिए ।

उनले अर्जेन्टिनाका लागि ९१ खेलमा ३४ गोल गरेका थिए ।

सन् २००८ देखि २०१० को विश्वकपसम्म म्याराडोना अर्जेन्टिनाको मुख्य प्रशिक्षक रहेका थिए ।

म्याराडोनाले युरोपियन क्लब बार्सिलोना, नापोली र सेभिया जस्ता युरोपका ठुला क्लबबाट खेलेका थिए ।

अर्जेन्टिनोस जुनियर्सबाट व्यवसायिक फुटबलको सुरुवात गरेका उनले १९८१ देखि ८२ सम्म बोका जुनियर्सबाट खेलेका थिए ।

त्यसपछि उनी बार्सिलोना आएका थिए । उनले सन् २०८२ देखि ८४ सम्म बार्सिलोनाका लागि ३६ खेलमा २२ गोल गरेका थिए ।

यस्तै १९८४ देखि १९९१ सम्म इटालियन क्लब नापोलीबाट उनले खेलेका थिए । नापोलीका लागि १८८ खेलमा ८१ गोल गरेका थिए ।

नापोलीबाट सेभिया गएका उनले त्यहाँ एक सिजन बिताएका थिए । सेभियामा उनले २६ खेलमा ५ गोल गरेका थिए ।

म्याराडोनाले क्लब फुटबलको अन्त्य १९९७ मा बोका जुनियर्सबाट गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि