जेठ ०९, २०८१, बुधबार
               

सडक दुर्घटनामा १७ को मृत्यु, २५ घाइते

एजेन्सी
मंसिर ०९, २०७७

ADVERTISEMENT

निकारागुवामा मंगलबार भएको सडक दुर्घटनामा परी कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । सो दुर्घटनामा परेर अरु २५ जना घाइते भएका यहाँका केही स्थानीय सञ्चारमाध्यमहरूले जानकारी दिएका छन् ।

निकारागुवाको मोन्टानिटा भन्ने स्थानको राजमार्गमा सडक दुर्घटनामा परेको थियो । उक्त क्षेत्रको वासलाहामा यात्रुबाहक सवारी दुर्घटना हुँदा ती व्यक्तिको ज्यान गएको हो । यात्रुहरू लिएर हिँडेको ट्रक दुर्घटनामा परेको र त्यसमा रहेका यात्रुहरूको ज्यान गएको बताइएको छ ।

घाइतेहरूको उपचार जारी रहेको बताइएको छ । वासाला नगरका प्रमुख जर्मन भर्गासले उक्त क्षेत्रमा भएको सो दुर्घटना खतरनाक रहेको बताएका छन् । त्यस दुर्घटनाको अनुसन्धान सुरु भएको पनि उनले जानकारी दिएका छन् । 


कस्तो लाग्यो ?

यो पनि