जेठ ०९, २०८१, बुधबार
               

जर्मनीमा कोरोना सङ्क्रमितको सङ्ख्या कति पुग्यो ?

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

एजेन्सी । जर्मनीमा कोभिड १९ का सङ्क्रमितहरूको सङ्ख्या नौ लाख नाघेको छ । गएको २४ घण्टामा यहाँ १० हजार ८६४ जना नयाँ सङ्क्रमित थपिएका हुन। योसँगै यहाँ कोरोनाका सङ्क्रमितहरूको सङ्ख्या ९ लाख २९ हजार १३३ जना पुगेको बताइएको छ ।

यहाँ यस सङ्क्रमणबाट कम्तीमा पनि १४ हजार ११२ जनाको मृत्यु भएको छ । जर्मनीका अधिकारीहरूले गएको २४ घन्टामा कम्तीमा पनि  ९० जनाकोे ज्यान गएको बताएका छन् । 

जर्मनीको स्वास्थ्य मन्त्रालयले  पछिल्ला केही दिनहरूमा कोरोना सङ्क्रमितहरूको मृत्युको दर बढ्दै गएको बताएको छ । जर्मनीमा कोभिडको दोस्रो लहर आएको बताइएको थियो । त्यसैले पनि यहाँ यस नोभेम्बर महिनादेखि कतिपय क्षेत्रमा लकडाउन गरिएको छ ।

तर, यहाँका नागरिकले लकडाउनकोविरोध गरिरहेका छन् । त्यसैले जर्मनीको केन्द्र सरकारले भने यो लकडाउनको अवस्थालाई थप विस्तार नगरिने जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि