जेठ ०८, २०८१, मंगलबार
               

राष्ट्रसंघका महासचिवद्वारा जी-२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

एजेन्सी
मंसिर ०६, २०७७

ADVERTISEMENT

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी-२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन् ।

उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरेका हुन् ।

जी-२० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उनले विश्वका नेताहरुलाई यो आग्रह गरेको बताइएको छ ।

विश्वमा अहिले विशेष गरेर कोभिड-१९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्याहरु रहेको बताए ।

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने भन्दै उनले शुक्रबार सो कुरामा जोड दिएका थिए । 

शुक्रबार संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा सम्वाददाताहरुसँग कुरा गर्दै उनले उक्त कुरा बताएका हुन् ।
 
उनले सो पत्रकार सम्मेलनमा भनेका थिए, 'विश्वका जी-२० का नेताहरुको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुँदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखा परेका विभिन्न खालका समस्याहरुको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।'

उनले कोभिड-१९ को समस्याले निरन्तर रुपमा विश्वका कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी-२० को नेताहरु पनि लाग्नुपर्ने बताए ।


कस्तो लाग्यो ?

यो पनि