जेठ ०९, २०८१, बुधबार
               

जन्ती बस दुर्घटना, १४ जनाको मृत्यु

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रतापगढमा सवारी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

भारतको उत्तर प्रदेशको प्रयागराज–लखनऊ राजमार्गमा जिप र ट्रक ठोक्किँदा ६ बालबालिकासहित १४ जनाको मृत्यु भएको हो ।

विवाह समारोहमा सहभागी भएर आफ्नो गाउँ फर्किन लागेकाहरु सवार बोलेरो जिप रोकिराखेको एक ट्रकमा पछाडिबाट ठोक्किएर दुर्घटना भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

चालक निदाएका कारण दुर्घटना भएको अनुमान स्थानीय प्रहरी अधिकारीले गरेका छन्।  टायर पञ्चर भएका कारण उक्त ट्रक सडक किनारमा रोकिएको थियो ।

दुर्घटनाप्रति उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गर्दै घाइतेहरुको उद्धार तथा उपचारमा खटिन अधिकारीहरुलाई निर्देशन दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि