बैशाख २३, २०८१, आइतबार
               

राष्ट्रपतिका उम्मेद‍वार पक्राउपछि युगान्डामा हिंसात्मक प्रदर्शन

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

युगान्डाका राष्ट्रपति पदका उम्मेदबार बोबी वाइनलाई पक्राउ गरेपछि बुधबार युगान्डाको राजधानी कम्पालामा हिंसा भड्किएको बताइएको छ ।
बिहीबार भएको सो हिंसात्मक प्रदर्शनमा परेर ७ जना व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय समयानुसार सोमबारसाँझबाट यहाँ सुरु भएको यस प्रदर्शनको क्रममा सात जनाको मृत्यु हुनुको साथै अन्य ४५ जना घाइते भएका प्रहरी प्रवक्ता फ्रेड एनानगाले मंगलबार एएफपी समाचार समितिलाई जनाएकाे छ । 

प्रदर्शनको क्रममा कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले निर्माण गरेका नियमहरू उल्लंघन गरेको आरोपमा प्रहरीले ती प्रदर्शनकारीलाई पक्राउ गरेको छ । तर पनि सोमबारदेखि नै उनका समर्थकहरूले प्रहरीलाई नै आक्रमण गरिरहेका बताएको थियो । यस क्रममा प्रहरीले रोबर्ट कयागुलानी नाम गरेका गायकलाई बिहीबार प्रहरी हिरासतमा पनि लिएको छ ।

त्यसपछि बिहीबार प्रदर्शन थप हिंसात्मक भएको छ । प्रहरी र प्रदर्शनकारीबीच भएको झडपको क्रममा घाइते भएका ३० भन्दा बढी घाइतेलाई अस्पताल भर्ना गरिएको रेडक्रसले जानकारी दिएको छ । युगान्डामा हुन लागेको राष्ट्रपतिको निर्वाचनमा बोबी वाइन पनि एक उम्मेदवार हुन् ।उनी यहाँको विपक्षी राजनीतिक दलको नेता पनि हुन् । 

युगान्डाका प्रसिद्ध पप गायक उनी पछि राजनीतिमा आएका हुन् ।उनी हालका युगान्डा राष्ट्रपति युओरी मुसेभेनीका प्रमुख प्रतिद्धन्द्धीमा छन् ।विरोध प्रदर्शन गएको सोमबारदेखि नै भएको थियो तर आज बढी हिंसात्मक भएको यहाँको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यस प्रदर्शनका क्रममा बिहीबार बोबी वाइनका समर्थकहरुले कम्पालाका सडकहरुमा आगो बालेर, यहाँका कतिपय भौतिक संरचनामा आगजनी गरेर र सडक अवरुद्ध गरेर विरोध गरिरहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि