काठमाडाैं । भारतको बिहार राज्यमा भएको विधान सभाको चुनावमा कांग्रेसको कमजोर प्रदर्शनलाई लिएर पार्टीभित्रै विवाद देखिएको छ । पार्टीका वरिष्ठ नेता कपिल सिबलले खुलेर पार्टीको आलोचना गरेपछि राजस्थानका मुख्यमन्त्री अशोक गहलोतले आपत्ति जनाएका छन् । कपिल सिबलले इण्डियन एक्सप्रेसलाई एक अन्तर्वार्ता दिँदै एक ट्विट पनि गरेका छन् ।
त्यस अन्तर्वार्तामा उनले भनेका थिए, ‘बिहार चुनावलाई लिएर पार्टी नेतृत्वले अहिलेसम्म केही पनि भनेको छैन, उनीहरुले सबै ठिक भइरहेको छ भने सोचिरहेको जस्तो लाग्छ ।’
उनले पार्टीले कमजोर हुँदै गइरहेको स्वीकार्नुपर्ने र फेरि मजबुत बनाउनका लागि अनुभवी दिमाग, अनुभवी हात र राजनीतिको वास्तविकतालाई बुझ्ने मानिसहरुको अवश्यकता रहेको बताए । उनको यो अन्तर्वार्तापछि अशोक गहलोतले कैयौँ ट्विट गरेका छन् ।
अशोक गहलोतले भनेका छन्, ‘कपिल सिबलले हाम्रो आन्तरिक विषयलाई मिडियामा चर्चाको विषय बनाउन आवश्यक थिएन, यसले देशभर रहेका हाम्रा कार्यकताहरूको भावनामा चोट पुगेको छ ।’
बिहार चुनावमा कांग्रेसले राष्ट्रिय जनता दलसँग गठबन्धन गरेको थियो । कांग्रेसले प्रदेशको दुई सय ४३ मध्ये ७० सिटमा चुनाव लडेको थियो । उसले १९ सिट जितेको थियो ।
There was no need for Mr Kapil Sibal to mentioned our internal issue in Media, this has hurt the sentiments of party workers across the country.
— Ashok Gehlot (@ashokgehlot51) November 16, 2020
1/