बैशाख १९, २०८१, बुधबार
               

फिलिपिन्समा भाम्कोबाट ६७ जनाको मृत्यु, १२ बेपत्ता

एजेन्सी
मंसिर ०२, २०७७

फाइल फोटो
ADVERTISEMENT

फिलिपिन्समा आएको शक्तिशाली आँधीका कारण कम्तिमा पनि ६७ जनाको मृत्यु भएको छ । 

आँधीमा परेर १२ जना बेपत्ता भएका फिलिपिन्सको राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनाएको छ ।

‘भाम्को’ नामक आँधीबाट फिलिपिन्सका लाखौँ नागरिक प्रभावित भएका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

आँधीमा परी हराएका व्यक्तिको खोजी र पीडितलाई राहत र उद्धारको काम भइरहेको छ ।

दुई साता अघि पनि फिलिपिन्समा ‘गोनी’ नामको शक्तिशाली आँधी आएको थियो ।

त्यो आँधीका कारण कम्तिमा एक दर्जनको मृत्यु हुनुको साथै लाखौं मानिस विस्थापित भएका थिए । 


कस्तो लाग्यो ?

यो पनि