बैशाख १९, २०८१, बुधबार
               

बेलायतका प्रधानमन्त्री फेरि आइसोलेसनमा

एजेन्सी
मंसिर ०१, २०७७

ADVERTISEMENT

लन्डन । बेलायतका प्रधानमन्त्री बोरिस जोनसन पुनः ‘सेल्फ आइसोलेसन’मा बसेका छन् ।

संसदका एक जना सदस्यलाई कोरोना पुष्टि भएको र ती व्यक्तिसँग उनी सम्पर्कमा रहेकाले सेल्फ आइसोलेसनमा बस्नुपर्ने अवस्था आएको हो । 

राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले प्रधानमन्त्री जोनसनसँग सम्पर्कमा रहेका सांसद कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएकाले सेल्फ आइसोलेसनमा बस्न आग्रह गरेको उनका प्रवक्ताले जानकारी दिएका छन् । 

प्रधानमन्त्री जोनसनलाई सेल्फ आइसोलेसनको नियमहरु पुर्ण रुपमा पालना गर्न पनि आग्रह गरिएको अधिकारीहरुले जनाएका छन् ।

उनले सरकारको नेतृत्व गर्ने र दैनिक कार्यहरु भने आइसोलेसनबाटै गर्ने जनाइएको छ । 

“प्रधानमन्त्री राम्रो अवस्थामा हुनुहुन्छ । उहाँलाई कुनै समस्या र लक्षणहरु देखिएको छैन । उहाँलाई कोरोनाको संकेत पनि देखिएको छैन,” उनका प्रवक्ताले भने ।

प्रधानमन्त्री जोनसनले यसअघि पनि लन्डनमा रहेको सेन्ट थोमस अस्पतालको सघन उपचार कक्षमा तीन रात बिताएका थिए । उनलाई गत अप्रिलमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि