चैत १६, २०८०, शुक्रबार
               

बिहारको मुख्यमन्त्री पदमा नीतीश कुमारले गरे सातौँ पटक शपथग्रहण

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

नीतीश कुमारले सातौँ पटक बिहारको मुख्यमन्त्री पदको शपथग्रहण गरेका छन् । बिहारका राज्यपाल फागू चौहानले उनलाई मुख्यमन्त्रीको रुपमा शपथ ग्रहण गराएका हुन् । 

भारतीय जनता पार्टी (बिजेपी) को तर्फबाट तारकिशोरप्रसाद र रेणु देवीले पनि मन्त्री पदको शपथ लिएका छन् ।

तारकिशोर प्रसाद कटिहारबाट लगातार चौथो पटक विधानसभा चुनाव जितेका हुन् । त्यस्तै, रेणु देवी बेतियाबाट चुनाव जितेर आएकी हुन् । उनले यसअघि सन् २०००, २००५ र २०१० मा चुनाव जितेकी थिइन् तर सन् २०१५ मा हारेकी थिइन् ।

नीतीश कुमार आबद्ध गठबन्धनले विधान सभाको २४३ सिटमध्ये १२५ सिट ल्याएको थियो भने विपक्षीहरूको महागठबन्धनले ११० सिट जित हासिल गरेको थियो । साथै अन्यले आठ सिट जितेका थिए । 

यो पनि