बैशाख १९, २०८१, बुधबार
               

ट्रम्पले भने - 'उनले चुनाव जिते किनकि...'

एजेन्सी
मंसिर ०१, २०७७

ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्भवतः पहिलोपटक सामाजिक सञ्जालमा लेखे  ‘उनी (जो बाइडेन) ले चुनाव जिते !’

ट्रम्प यस्तो लेखेपछि धेरैले ठाने- ‘उनले आफ्ना प्रतिस्पर्धी डेमोक्रेट पार्टीका उम्मदेवार बाइडेनले अमेरिकाको राष्ट्रपति चुनाव जितेको स्वीकार गरे ।’

तर बाइडेनले चुनाव जितेको ट्रम्पले स्वीकार गरिनसकेको बिबिसीले उल्लेख गरेको छ ।

चुनावमा धाँधली भएको भन्ने आफ्नो अडानबाट ट्रम्प अझै पछि हट्ने कुनै संकेत देखाएका छैनन् ।

आइतबार ट्रम्पले सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै लेखेका छन्, ‘उनले चुनाव जिते, किनकि चुनावमा धाँधली भयो ।’

गत नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतिय चुनावमा जो बाइडेनले बहुमत प्राप्त गरिसकेका छन्, तर ट्रम्पले अझै आफ्नो हार स्वीकार गरेका छैनन् ।

चुनावमा व्यापक धाँधली गरिएको आरोप लगाउँदै ट्रम्प कानुनी लडाइँमा अघि बढेका छन् । 


कस्तो लाग्यो ?

यो पनि