बैशाख १९, २०८१, बुधबार
               

एउटा चुनावले सत्यको क्षयलाई रोक्न सक्दैन : पूर्वराष्ट्रपति ओबामा

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

एजेन्सी । अमेरिकाका पूर्वराष्ट्रपति बराक ओबामाले अमेरिकासामू देशलाई गहिरोसँग विभाजित गर्ने सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरुलाई उल्टाउनु पर्ने ठूलो काम रहेको बताएका छन् ।

एक अन्तर्वार्तामा पूर्वराष्ट्रपति ओबामाले चार वर्षअघिको तुलनामा अमेरिका अझ गहिरोसँग विभाजित भएको बताए । चार वर्षअघि डोनाल्ड ट्रम्प राष्ट्रपति चुनिएका थिए । ओबामाले सन् २०२० को अमेरिकी राष्ट्रपति चुनावमा जो बाइडनको विजय त्यस्ताखाले विभाजनहरूको मर्मत गर्ने सुरुवात मात्र भएको बताए ।

उनले भने, ‘ती प्रवृत्तिहरूलाई उल्ट्याउन एउटा चुनावभन्दा धेरै समय लाग्नेछ ।’ ध्रुवीकरण भएको राष्ट्रसँग जुझ्न राजनीतिज्ञहरूको निर्णयलाई मात्र छाड्न नसकिने उनको तर्क छ ।

ओबामाले जो बाइडनसँग अहिलेको अवस्थामा एउटा राष्ट्रपतिसँग हुनुपर्ने सबै गुणहरू भएको बताएका छन् । त्यसको लागि संरचनागत परिवर्तन र मानिसहरूले एक अर्कालाई सुन्नुपर्नेमा उनले जोड दिए ।

उनले आगामी पुस्ताको परिष्कृतू सोचमा ठूलो आशाू देखेको बताए । ओबामाले युवापुस्तालाई विश्वलाई परिवर्तन गर्नसक्ने सावधानीपूर्ण आशावादको सञ्चार गर्न र त्यो परिवर्तनको हिस्सा बन्न पनि आह्वान गरेका छन् । 

अमेरिकामा कसरी विभाजन बढाइयो ?

उनको नयाँ संस्मरणको प्रवर्धन गर्न दिएको अन्तर्वार्तामा ओबामाले अमेरिकामा विभाजन बढ्नुको कारण बताएका छन् ।

उनका अनुसार ग्रामीण र सहरी अमेरिका बीचको आक्रोश र अप्रसन्नता, आप्रवासन, अन्यायजस्तै असमानता र सनकपूर्ण षड्यन्त्र सिद्धान्तहरू जस्ता कुरा जसलाई केहीले सत्यको क्षय पनि भनेका छन् ।

उनले यस्ता कुरालाई केही अमेरिकी सञ्चारमाध्यमद्वारा प्रवर्धन गरियो र सामाजिक सञ्जालद्वारा थप बलियो पार्ने काम गरिएको बताएका छन् । उनले भने, ‘हामी अहिले धेरै नै विभाजित छौँ, वास्तवमै म सन् २००७ मा पहिलो पटक राष्ट्रपतिको दौडमा सामेल हुँदाभन्दा र मैले २००८ मा राष्ट्रपति चुनाव जित्दाभन्दा ।’

उनले राष्ट्रपति ट्रम्पले आफ्नो राजनीतिक फाइदाका लागि यस्ता कुरालाई बढावा दिएको आरोप पनि लगाए । कहिलेकाहीँ अन्य कुराले पनि यस्ता विषयमा योगदान गरेको र अनलाइनहरूबाट गलत सूचनाहरू फैलिएको ओबामाको भनाइ छ । – बीबीसी

यो पनि