बैशाख १९, २०८१, बुधबार
               

महिला न्यायाधीशले गरिन् सरकारी निवासमै आत्महत्या

एजेन्सी
कात्तिक ३०, २०७७

ADVERTISEMENT

भारतको छत्तीसगढ राज्यस्थित मुंगेलीका जिल्ला एवं सत्र न्यायाधीश कान्ता मार्टिनले आइतबार आत्महत्या गरेकी छन् ।

प्रहरीले उनको सरकारी भवनमा उनी सारीको पासोमा झुन्डिएको अवस्थामा मृत भेटिएकी हुन् ।

उनले आत्महत्या गर्नुको कारण थाहा भइनसकेको त्यहाँको प्रहरीले जनाएको छ ।

मुंगेलीका एसपी अरविन्द कुजुरका अनुसार प्रारम्भिक जानकारीअनुसार उनी एक्लै बस्ने गरेकी थिइन् । एक्लोपनाका कारण उनी डिप्रेसनमा रहेको भारतीय सञ्चार माध्यम दैनिक भास्करले उल्लेख गरेको छ ।

न्यायाधीश मार्टिनका भान्से आइतबार बिहान ९ बजे उनको सरकारी निवास पुगेका थिए । ९ बजेसम्म पनि ढोका बन्द देखेपछि उनले निकै बेर घण्टी बजाए । उनले न्यायाधीश कान्ता मार्टिनलाई फोन पनि गरे, तर फोन उठेन । 

त्यसपछि ती भान्सेले नजिकैका अदालतका अन्य अधिकारीलाई यसबारे जानकारी गराए ।

सो सूचना पाउनासाथ एसपी घटनास्थल पुगे । उनले  झ्यालबाट भित्र हेर्दा मार्टिनलाई झुन्डिएको अवस्थामा देखे । त्यसपछि प्रहरीले ढोका फोरेर कोठाभित्र गएर शव तल झारे । 

प्रहरीका अनुसार घटनास्थलमा कुनै सुसाइड नोट भेटिएको छैन । घटनाको बारेमा थप अनुसन्धान भइरहेको बताइएको छ ।

पतिको मृत्यु

प्रहरीका अनुसार न्यायाधीश मार्टिनका पतिको डेढ वर्षअघि मृत्यु भइसकेको छ । उनका दुई छोरामध्ये एउटा रायपुर र अर्का दिल्लीमा बस्छन् । 

कान्तामा मार्टिन २०१९ जुलाईदेखि मुंगेली जिल्लाको न्यायाधीश एवं सत्र न्यायाधीश बनेकी थिइन् ।

यो पनि