जेठ ०८, २०८१, मंगलबार
               

ट्रम्पका समर्थक र विपक्षीबीच झडप, छुरा प्रहारबाट एक गम्भीर घाइते

एजेन्सी
कात्तिक ३०, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भन्ने राष्ट्रपति डोनल्ड ट्रम्पको दाबीको समर्थनमा भएका र्‍यालीमा उनका समर्थक र विपक्षीबीच वाशिङ्टनमा झडपहरू भएका छन् ।

बिबिसीका अनुसार सो झडपका क्रममा छुरा प्रहार हुँदा एक व्यक्ति गम्भीर घाइते भएका छन् । 

दुई ठूला समूहबीच टेन्थ स्ट्रिट र न्युयोर्क एभेन्युमा शनिबार राति झडप भएको बताइएको छ ।

हाल छुरा आक्रमणबाट घाइते भएका व्यक्तिको स्थानीय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रम्पले थुप्रै प्रमुख राज्यहरूमा मतपरिणामलाई लिएर मुद्दा हालेका छन् ।

ती मुद्दामा उनले चुनावमा व्यापक रूपमा धाँधली भएको आरोप लगाएका छन् तर प्रमाण पेश गरेका छैनन् ।

ट्रम्पले चुनावमा जो बाइडनको जीतलाई आधारहीन र अमान्य भन्दै आएका छन् ।

यसबीचमा ट्रम्प समर्थक र विपक्षीबीच झडप भएको हो । सञ्चारमाध्यममा आएका खबरहरूका अनुसार ट्रम्प समर्थक र्‍यालीमा उग्रदक्षिणपन्थी प्राउड बोइज सङ्गठनका सदस्यहरूले भाग लिएका थिए ।

त्यसको विपक्षमा वामपन्थी एन्टिफाका अभियानकर्मीहरू र ब्ल्याक लाइभ्स म्याटर आन्दोलनका सदस्यहरू थिए ।


कस्तो लाग्यो ?

यो पनि