जेठ ०८, २०८१, मंगलबार
               

ट्रम्पले भने - 'फेरि चुनाव लड्छु'

एजेन्सी
कात्तिक २९, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा हालै भएको राष्ट्रपतिको निर्वाचनमा पराजित भएको खण्डमा आफूले सन् २०२४ मा फेरि राष्ट्रपतिको निर्वाचनमा प्रतिस्पर्धा गर्ने बताएका छन् ।

ट्रम्पले डेमोक्रेटिक नेता जो बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को राष्ट्रपतिको निर्वाचन लड्ने उनले आफ्ना सहयोगीसँग बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

अमेरिकी संचारमाध्यमका अनुसार बाइडेनले राष्ट्रपति बन्नका लागि प्राप्त गर्नुपर्ने २७० इलेक्टोरल भोटभन्दा बढी मत प्राप्त गरिसकेका छन् ।

यसबीचमा ट्रम्पले बाइडेनले धाँधली गरेर चुनाव जितेको आरोप लगाइरहेका छन् । धाँधलीको विषय अमेरिकी अदालतले फैसला गर्ने ट्रम्पको विश्वास छ ।

यसबीचमा बाइडेन विजेता बनेको प्रमाणित भए आफूले अर्को कार्यकालका लागि फेरि चुनाव लड्ने आफ्ना सहयोगीसँग ट्रम्पले बताएका हुन् ।

अमेरिकामा दुई कार्यकाल राष्ट्रपतिको पदमा आसिन हुन पाइन्छ । ट्रम्प भने दोस्रो कार्यकालका लागि आयोजित निर्वाचनमा पराजित भएका हुन् ।

त्यसकारण ट्रम्पले अझै एकपटक राष्ट्रपति बन्न पाउँछन् । 


कस्तो लाग्यो ?

यो पनि