जेठ ०९, २०८१, बुधबार
               

अफगानिस्तानमा तालिबानद्धारा १४ सुरक्षाकर्मीको हत्या

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

अफगानिस्तानको कुन्दुज प्रान्तमा तालिबानहरूले १४ जना सुरक्षाकर्मीको हत्या गरेका छन् । तालिबानहरूले गरेको आक्रमणमा परी ती सुरक्षाकर्मीको ज्यान गएको हो । कुन्दुजको सुरक्षा निकायका अनुसार कुन्दुज प्रान्तको बला हिसारमा रहेको एक सुरक्षा चौकीमा आक्रमण गरेर ती सुरक्षा अधिकारीको हत्या गरेका थिए ।

कुन्दुज प्रान्तको साहिब जिल्लाको सो सैनिक क्याम्पमा उनीहरुले बिहीबार राति आक्रमण गरेका थिए । त्यस क्रममा सो क्याम्पमा रहेका सुरक्षा अधिकारीको मृत्यु भएको हो । त्यसक्रममा १२ जना सुरक्षाकर्मी मारिएका थिए भने दुई जना प्रहरी सो जाँच चौकीबाट घर जाने क्रममा तालिबानको आक्रमणमा परी मारिएका हुन् ।

सो आक्रमणमा कम्तीमा पनि १० जना तालिबान मारिएका वा घाइते भएका बताइएको छ । तर यस विषयमा तालिबानहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् । उता आजै काबुलमा पनि तालिबानीहरुले आक्रमण गरेर दुई जना सर्वसाधारणको हत्या गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि