जेठ ०९, २०८१, बुधबार
               

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको ट्रम्पको आरोपप्रति ओबामाको टिप्पणी

एजेन्सी
कात्तिक २८, २०७७

ADVERTISEMENT

अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले डोनाल्ड ट्रम्पको राष्ट्रपतीय निर्वाचनमा धाँधली भएको भन्ने आरोपप्रति टिप्पणी गरेका छन् ।

पूर्वराष्ट्रपति ओबामाले वरिष्ठ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पको आधारहीन दाबीको समर्थन गरेर प्रजातन्त्रको अवमूल्यन गरिरहेको टिप्पणी गरेका छन्।

उनले सिबिएस न्युजसँग ओबामाले जो बाइडन यो निर्वाचनमा स्पष्ट रूपमा विजयी भएको बताउँदै सोको टिप्पणी गरेका हुन्। 

अमेरिकी मतगणना अझै जारी भए पनि अमेरिकी सञ्चारमाध्यमहरूले गत साता गरेको मतगणना परिणामको प्रक्षेपणमा बाइडन निर्वाचित भएको बताएका छन् । 

यद्यपि सोको विरुद्धमा डोनाल्ड ट्रम्पले भने मतदानमा धाँधली भएको भन्दै धेरै ठाउँमा मुद्दा हालेका छन् । तर उनको टोलीले त्यस्तो दाबी पुष्टि गर्ने कुनै प्रमाण भने पेस गरेका छैनन् । 

प्रमाणबेगर चुनावमा धाँधली भएको भन्दै धेरै ठाउँमा मुद्दा हालेका ट्रम्पलाई पूर्वराष्ट्रपतिसमेत रहेका बाराक ओबामाले  ट्रम्पले पराजय बेहोर्न नचाहेको संकेत गरेका छन् । यसका अलवा उनले ट्रम्पलाई मतगणनाबारे अनर्गल दाबी गरेको बताएका छन् । ओबामाको दोस्रो कार्यकाल सकिएपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका थिए।

यो पनि