जेठ ०९, २०८१, बुधबार
               

विश्वकै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका खलिफाको निधन

नेपाल फ्ल्यास
कात्तिक २८, २०७७

ADVERTISEMENT

दुबई  । विश्वमै सवैभन्दा लामो समय प्रधानमन्त्री भएका बहराइनका प्रधानमन्त्री खलिफा बिन सल्मान अल खालिफाको निधन भएको छ । देशका राजकुमार समेत रहेका उनको ८४ वर्षको उमेरमा बुधबार निधन भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

अमेरिकास्थित मायो क्लिनिकमा केही समयदेखि उपचार गराइरहेका उनको उपचारकै क्रममा निधन भएको हो । सानो अरबी मुलुक बहराइनका शक्तिशाली र अत्यन्त धनी व्यक्तिका रुपमा चिनिएका खलिफाको निजी टापू नै भएको र विदेशीहरुलाई उनले त्यही भेट्ने गर्थे ।

 बहराइनका राजा शेख हमाद बिन इसा अल खलिफाले उनको शोकमा एक हप्ते राष्ट्रिय शोक घोषणा गरेका छन् । शोक अवधिमा राष्ट्रिय झण्डा आधा झुकाइने अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री खलिफा विश्वकै सबैभन्दा लामो कार्यकाल प्रधानमन्त्री भएका व्यक्तिका रुपमा चिनिन्छन् । उनी सन् १९७० को आसपासदेखि अहिलेसम्म प्रधानमन्त्री थिए । सन् २०११ मा भ्रष्टाचारको आरोप लगाउँदै भएको आन्दोलनबाट हटाउने प्रयास हुँदा पनि उनी पदमै रहन सफल भएका थिए ।

यो पनि