जेठ ०९, २०८१, बुधबार
               

फर्स्ट लेडी बने पनि जिल बाइडेनले शिक्षण पेशा नछाड्ने

एजेन्सी
कात्तिक २७, २०७७

ADVERTISEMENT

अमेरिकाका डेमोक्रेटिक नेता जो बाइडेन राष्ट्रपतिको निर्वाचनमा विजयी भइसकेका छन् ।

उनी अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने निश्चित भइसकेको छ। 

बाइडेन राष्ट्रपति बनेपछि उनकी श्रीमती जिल बाइडेन अमेरिकाको फर्स्ट लेडी हुनेछिन् ।

जिल अंग्रेजी विषयको प्राध्यापक हुन् । उनले शिक्षा संकायबाट पीएचडी गरेकी छिन् । उनी नर्थन भर्जिनियास्थित एक सामुदायिक कलजेको प्राध्यापक हुन् ।

फर्स्ट लेडी बनेपनि आफूले पढाउने पेशा नछाड्ने उनले बताएकी छिन् ।

गत अगष्टमा जिलले आफू फर्स्ट लेडी बनेपनि पढाउने पेशा नछाड्ने बताएकी थिइन् । 

यदी जिलले फर्स्ट लेडी हुँदाहुँदै कलेज पढाए उनी अमेरिकामा ह्वाइट हाउस बाहिर तलबी काम गर्ने पहिलो फर्स्ट लेडी बन्नेछिन् ।

यसअघि जो बाइडेन ८ वर्षसम्म उपराष्ट्रपतिको रुपमा ह्वाइट हाउसमा कार्यरत रहँदा पनि सेकेन्ड लेडी रहेकी जिलले त्यस समयमा पनि शिक्षण पेशा त्यागेकी थिइनन् ।


कस्तो लाग्यो ?

यो पनि