जेठ ०९, २०८१, बुधबार
               

भारतीय पत्रकार अर्नव गाेस्वामी जमानतमा रिहा

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

आत्महत्या गर्न बाध्य बनाएको आरोपमा पक्राउ परेका भारतीय पत्रकार अर्नव गोस्वामी जमानतमा रिहा भएका छन् । गोस्वामीलाई सर्वाेच्च अदालतले जमानतमा रिहा गर्ने आदेश सुनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१८ मा दुई जना व्यक्तिको आत्महत्या घटनामा गोस्वामीलाई जिम्मेवार ठहर्‍याउँदै महाराष्ट्र प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको थियो । महाराष्ट्रको अलिबाग सेसन अदालतले १४ दिन थुनामा राख्न अनुमति दिएको थियो । त्यसपछि गोस्वामीले अन्तरिम जमानत माग गर्दै मुम्बई उच्च अदालतमा निवेदन दिएका थिए । मुम्बई उच्च अदालतले उनलाई जमानत दिन अस्वीकार गरेपछि गोस्वामी सर्वोच्च पुगेका थिए । 

भारतीय टेलिभिजन रिपब्लिक टीभीका संस्थापक तथा प्रधानसम्पादक गोस्वामीलाई गएको १९ गते मुम्बईमा रहेको उनकै घरबाट प्रहरीले पक्राउ गरेको थियो । डिजाइनर अन्वय नाइकले आत्महत्या गर्नुपूर्व लेखेको सुसाइड नोटमा आफूले पाउनुपर्ने पाँच करोड ४० लाख भारतीय रुपैयाँ नपाएकोले आत्महत्या गर्नुपरेको लेखेको सञ्चारमाध्यमले बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि