जेठ ०८, २०८१, मंगलबार
               

विश्वमै सबैभन्दा बढी समय प्रधानमन्त्री पदमा रहेका खलिफाको निधन

एजेन्सी
कात्तिक २६, २०७७

ADVERTISEMENT

बहराइनका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाको निधन भएको छ ।

८४ वर्षको उमेरमा उनको निधन भएको बहराइनको समाचार संस्था बहराइन न्युज एजेन्सीले बुधबार जानकारी दिएको छ ।

न्युज एजेन्सीका अनुसार बहराइनमा सबैभन्दा लामो समय प्रधानमन्त्री पदमा रहेर काम गरेका खलिफाको अमेरिकामा उपचारको क्रममा निधन भएको हो ।

उनी विश्वमै सबैभन्दा बढी सयम प्रधानमन्त्री पद सम्हाल्ने व्यक्ति भएको अल्जजिराले उल्लेख गरेको छ । 

खलिफा सन् १९७० मा बहराइनका प्रधानमन्त्री बनेका थिए । हालसम्म पनि उनी प्रधानमन्त्री थिए ।

मायो क्लिनिक हस्पिटलमा खलिफाको मृत्यु भएको बताइएको छ । 

उनको मृत्युको कारणबारे हालसम्म बहराइनको राजदरबारले कुनै विषय सार्वजनिक गरेको छैन ।

यो पनि