जेठ ०९, २०८१, बुधबार
               

म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल एनएलडीलाई बहुमत प्राप्त

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

भर्खरै सम्पन्न आमनिर्वाचनमा म्यान्मारकी प्रजातन्त्रवादी नेतृ आङ साङ सूचीको दल नेसनल लिग फर डेमोक्रेसी एनएलडीले बहुमत प्राप्त गरेको छ । बहुमत प्राप्तसँगै राष्ट्रपति प्रणाली भएको म्यान्मारमा अब एनएलडीले राष्ट्रपतिको चयन र नयाँ सरकार गठन गर्नेछ।

एनएलडीलाई राष्ट्रपतिका चयनका लागि प्रतिनिधि सभा र राष्ट्रिय सभा गरी ३२२ सदस्य आवश्यक पर्नेमा एनएलडीले ३६१ स्थानमा विजय प्राप्त गरिसकेको छ।

मतगणना जारी रहेको ९५ निर्वाचन क्षेत्रमा पनि एनएलडीका उम्मेदवार अन्य उम्मेदवारभन्दा अगाडि छन् ।

म्यान्मारभित्र र बाहिर यो चुनावलाई सू चीको लोकप्रियता मापनको रूपमा हेरिएको थियो।

रोहिन्ज्या प्रकरणपछि विश्वभर नै सू चीको आलोचना भएको थियो। सू चीले प्रजातन्त्रको लागि सङ्घर्ष गर्दा पाएका कतिपय सम्मान र पुरस्कार उनीबाट खोसियो पनि तर यसपटकको चुनावी परिणामले देशभित्र भने उनको लोकप्रियता थप बढेको देखियो।

हालसम्मको मत परिणामलाई हेर्दा उनको पार्टीले सन् २०१५ मा भन्दा धेरै मत र संसदमा धेरै सिट जित्ने पक्का छ। सन् २०१७ मा म्यान्मारको रखाइन राज्यमा भएको हिंसापछि लाखौँको सङ्ख्यामा रोहिन्ज्या शरणार्थीहरू देशबाट भागेका थिए।

गम्भीर प्रकृतिको मानव अधिकार हनन् भएको भन्दै म्यानमारबाट सात लाखभन्दा धेरै रोहिन्ज्या शरणार्थी बाङ्ग्लादेश पुगेपछि सू चीले राष्ट्रसङ्घीय अन्तर्राष्ट्रिय अदालत द हेगको यात्रा पनि गर्न पर्‍यो। बिबिसी

यो पनि