जेठ ०८, २०८१, मंगलबार
               

ट्रम्पले चुनाव हारेसँगै मेलानियाले सम्बन्ध-विच्छेद गर्ने हल्ला !

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प निर्वाचनमा पराजित भएसँगै उनकी पत्नी मेलानिया ट्रम्पले सम्बन्ध-विच्छेद गर्न लागेको हल्ला बाहिरिएको छ ।

ट्रम्प र मेलानियाबीच विवाह भएको १५ वर्ष पूरा भएको छ । 

मेलानियाले पहिलेदेखि सम्बन्ध-विच्छेद गर्न चाहेको र अब ट्रम्प ह्वाइट हाउसबाट बाहिरिनेबित्तिकै मेलानियाले उनलाई छाड्ने तयारी रहेको डेलिमेलले दाबी गरेको छ ।

उनीहरूको विवाह व्यावासायिक सम्झौता मात्रै भएको ट्रम्पकै परिवारले भनेको समेत डेलिमेलको दाबी छ ।

तर ट्रम्पकी पत्नी मेलानियाले भने आफ्ना विरोधीले यस्तो गलत हल्ला फैलाएको भनेर दाबी गरेको समाचार पनि केही अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।

यो पनि