जेठ ०८, २०८१, मंगलबार
               

भारतको बिहारमा एनडीएले ल्यायो बहुमत, नितिशकुमार मुख्यमन्त्री बन्ने निश्चित

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

एजेन्सी । भारतको बिहार विधानसभा चुनावमा एनडीए गठबन्धनले बहुमत ल्याएको छ । २ सय ४३ विधानसभाको सिटमा मुख्यमन्त्री नितिशकुमार नेतृत्व एनडीएले १ सय २५ सिट ल्याएको विभिन्न समाचारमा जनाइएको छ । यस जीतसँगै नितिशकुमार सातौ पटक बिहारको मुख्यमन्त्री बन्ने निश्चित छ । बिहार राज्यमा सरकार बनाउन १ सय २२ सिट आवश्यक पर्छ ।

तेजस्वी यादव नेतृत्वको महागठबन्धनलाई भने १ सय १० सिट प्राप्त भएको छ । पार्टीगत रुपमा जनता दल युनाइटेड (जेडीयु) ले ४३ स्थानमा विजयी हासील गरेको छ । महागठबन्धनको नेतृत्व गर्ने राष्ट्रिय जनता दल (आरजेडी) ७५ सिटको साथ विधानसभामा सबैभन्दा ठूलो पार्टी बन्न सफल भएको छ ।

 त्यस्तै, भारतीय जनता पार्टी (भाजपा) ७४ सिटको साथ दोस्रो नम्बरमा परेको छ । यसअघि सन् २०१५ मा भएको निर्वाचनमा आरजेडीले ८० र भाजपा ५३ सिटमा विजयी भएको थियो । यस पटकको चुनावमा भाजपाले सिट बढाएको छ भने २०१५ मा २७ सिटमा चुनाव जितेको कांग्रेस यो चुनावमा जम्मा १९ सिटमा मात्रै सिमित रहेको छ । कम्युनिष्ट पार्टीले १६ सिट हात पारेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि