जेठ ०२, २०८१, बुधबार
               

बिवाहको लागि पाकिस्तानमा नयाँ निर्देशिका

नेपाल फ्ल्यास
कात्तिक २५, २०७७

ADVERTISEMENT

इस्लामावाद । पाकिस्तानमा बैबाहिक समारोह आयोजनाको लागि नयाँ मापदण्ड तथा निर्देशिका जारी गरिएको छ । कोरोना भाइरसको दोस्रो चरणको महामारी बढ्दै गएपछि सरकारले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको हो । 

पाकिस्तानमा पछिल्लो २४ घण्टामा एक हजार ६५० जना कोरोना भाइरसबाट संक्रमित भएको विवरण सार्वजनिक गरिएको छ । योसँगै पाकिस्तानमा अहिलेसम्म तीन लाख ४४ हजार ८३९ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

त्यसैगरी, पाकिस्तानमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ हजार ९७७ जनाको मृत्यु भएको छ । ती मध्ये ९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको राष्ट्रिय स्वास्थ्य सेवा मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म कुल संक्रमित मध्ये तीन लाख १८ हजार ८८१ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा १८ हजार ९८१ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन भने ती मध्ये ९७२ जनाको अवस्था गम्भीर रहेको छ । 

संक्रमित र मृतकको संख्या दोस्रो चरणमा बढ्दै गएपछि महामारी न्युनिकरण गर्न नेश्नल कमाण्ड एण्ड अप्रेसन सेन्टर (एनसिओसी) ले बैवाहिक कार्यक्रमका लागि नयाँ निर्देशिका जारी गरेको छ । 

नयाँ निर्देशिका अनुसार बैवाहिक समारोहमा सहभागी अतिथिहरुले कम्तीमा ६ फिट दुरी कायम गर्नुपर्ने, बैवाहिक कार्यक्रम दुई घण्टामा सम्पन्न गर्नुपर्ने र राती १० बजेभन्दा अगाडि नै गरिसक्नु पर्ने भएको छ ।

सवै सहभागीलाई मास्क प्रयोग अनिवार्य गरिएको छ भने बैवाहिक कार्यक्रम गर्ने ठाउँमा सामाजिक दुरी कायम गरेर बस्न मिल्ने व्यवस्था भएको सुनिश्चित गर्नुपर्नेछ ।

बैवाहिक समारोहमा सहभागी हुने सवैको ज्वरो परिक्षण गर्नुपर्ने, भोजनका बेला आफै झिक्ने व्यवस्था गर्न नपाईने, वितरण गर्ने छुट्टै व्यवस्था हुनुपर्नेलगायतका नियमहरु पनि निर्देशिकामा राखिएको छ । आयोजकहरुले सवै सहभागीहरुको नाम, सम्पर्क नम्बरलगायतका विवरणहरु स्थानीय प्रशासनलाई उपलब्ध गराउनु पर्ने व्यवस्था पनि गरिएको छ । 

यो पनि