बैशाख १७, २०८१, सोमबार
               

भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

आत्महत्याका लागि उक्साएको आरोपमा थुनामा रहेका भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बईस्थित तालोजा सेन्ट्रल जेलमा स्थानान्तरण गरिएको छ। उनीमाथि एक इन्टेरियर डिजाइनरलाई आत्महत्याका लागि उक्साएको आरोप छ । 

भारतीय सञ्चार माध्यमहरूका अनुसार  गोस्वामीले अलिबागस्थित क्वारेन्टाइनका रुपमा राखिएको ठाउँमा उनलाई निर्ममतापूर्वक पिटिएको र कसैलाई भेट्न नदिएको बताएपछि उनलाई सो जेलमा स्थानान्तरण गरिएको हो । 

सन् २०१८ को मेमा आत्महत्या गरेका इन्टेरियर डिजाइनर अन्भय नाइक र उनकी आमा कुमुद नाइकको प्रकरणमा गत बुधबार पक्राउ परेका गोस्वामीको मुद्दा बम्बई उच्च अदालतमा सुनुवाइ भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि