जेठ ०१, २०८१, मंगलबार
               

अमेरिकी इतिहासमा दोस्रो कार्यकालका लागि चुनाव हार्ने ट्रम्प कतिऔँ राष्ट्रपति ?

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रोकालको राष्ट्रपतीय चुनावको मैदानबाट बाहिरिएका छन् ।

अमेरिकी इतिहासमा यसरी  दोस्रो कार्यकालका लागि चुनाव हार्ने  उनी एघारौँ राष्ट्रपति हुन् । दुई सय ३१ वर्ष लामो अमेरिकी राष्ट्रपतीय चुनावीय इतिहासमा यसअघि सत्तासीन १०राष्ट्रपति यसरी नै बाहिरिएका थिए । 

नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा जो बाइडेनले दुई सय ७३ इलेक्टोरल मतसहित विजयी भएका जनाएका छन् । पछिल्लो परिणामअनुसार रिपब्लिकन पार्टीबाट प्रतिस्पर्धामा उत्रेका ट्रम्पले दुई सय १४ इलेक्टोरल मात्र मत प्राप्त गरेका छन् । 

पछिल्लो पटक सन् १९९२ मा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज एच डब्लू बुस दोस्रो कार्यकालका लागि पराजित भएका थिए ।

उनलाई डेमोक्य्राट उम्मेदवार बिल क्लिन्टनले हराएका थिए । अमेरिकाका ४१ औं राष्ट्रपति बुस सन् १९७६ देखि १९८० सम्म केन्द्रीय अनुसन्धान संस्थाको निर्देशक थिए । उनका छोरा जर्ज डब्लू बुस भने २००० देखि दुई कार्यकाल राष्ट्रपति भए ।

त्यस्तै, सन् १९८० मा जिमी कार्टर पनि दोस्रो कार्यकाल निर्वाचनमा असफल भएका थिए । उनी रोनाल्ड रेगनसँग पराजित भएका थिए । आफ्नो जीवनमा कुनै पनि चुनाव नजितेका गेराल्ड फोर्ड पनि दोस्रो कार्यकालका लागि असफल भएका थिए । स्न १९७३ देखि उपराष्ट्रपति रहेको उनी रिचार्ड निक्सनको राजीनामासँगै सन् १९७४ देखि ३ वर्ष राष्ट्रपति भएका थिए ।

उनी १९७६ को चुनावमा जिम्मी कार्टरसँग पराजित भए ।

सन् १९२८ मा राष्ट्रपति बनेका हर्बट हुभर एक वर्षपछिको आर्थिक संकट पार लगाउन नसकेपछि १९३२ को चुनावमा फ्रांकलिन डी रुजबेल्टसँग पराजित भए । सन् १९०९ देखि १९९३ सम्म राष्ट्रपति बनेका विलियम होवार्ड टाफ्ट दोस्रो कार्यकालका लागि असफल भए । १९१२ को चुनावमा उड्रो विल्सनसँग हारेका उनी अमेरिकाको राष्ट्रपति र प्रधानन्यायाधीश बन्ने एकमात्र व्यक्ति हुन् ।

राष्ट्रपति भएसँगै उनले अफ्रिकी मूलका अमेरिकीलाई संघीय जागिरमा नियुक्त नगर्ने उद्घोष गरेका थिए ।

सन् १८८८ मा आफूले पराजित गरेका ग्रुभर क्लेभल्यान्डसँग १८९२ हारेपछि बेन्जामिन ह्यारिसन दोस्रो कार्यकाल राष्ट्रपति हुन पाएनन् । लगातार दोस्रो कार्यकाल पदमा बस्न नपाएका भए पनि क्लेभल्यान्डले ह्यारिसनलाई पराजित गर्दै १८९२ मा दोस्रो पटक राष्ट्रपति भएरै छाडे । त्यसअघि उनी १८८४ मा विजयी भएका थिए । निकै प्रतिस्पर्धात्मक रहेको १८८८ को चुनावमा लोकप्रिय मत भने क्लेभल्यान्डकै पक्षमा परेको थियो । दोस्रो कार्यकाल ताकेका मार्टिन भान बुरेन पनि १८४० मा पराजित भएका थिए ।

त्यसैगरी, जोन क्विन्सी एडम्सले पनि दोस्रो पटकको चुनावमा हार व्यहोरेका थिए । उनी अमेरिकाका दोस्रो राष्ट्रपति जोन एडम्सका छोरा हुन् । त्यतिबेला उनको दल विभाजन नजिक पुगेका कारण पनि उनी पुनः निर्वाचित हुन नसकेको जनाइएको छ । उनको पराजयसँगै डेमोक्य्राटिक–रिपब्लिकन दल विभाजन भएको थियो ।

जोन एडम्सले पनि आफ्नो कार्यकाल दोहोर्‍याउन सकेनन् । उनी दोस्रो कार्यकालका लागि पराजित हुने पहिलो राष्ट्रपति हुन् । सन् १७८९ मा अमेरिकी राष्ट्रपति कार्यालय स्थापना भएपछि जर्ज वासिङ्टनलाई राष्ट्रपति बनाइएको थियो । जोन त्यतिबेला उपराष्ट्रपति बनेका थिए ।

यो पनि