जेठ ०१, २०८१, मंगलबार
               

नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडनले भने ‘यो जनताको जित हो’

नेपाल फ्ल्यास
कात्तिक २३, २०७७

ADVERTISEMENT

भरखरै चुनावमा भीडेका नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडनले यस जितलाई जनताको जित भएको बताएका छन् । उनले आफू राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो भाषण गरेका छन् ।

उक्त भाषणमा नव निर्वाचित राष्ट्रपति बाइडनले आफूले ऐतिहासिक रुपमा सर्वाधिक भोट पाएको पनि बताएका छन् । ‘अमेरिकी जनताले स्पष्ट जनादेश दिएका छन्, यो जित तपाईंको हो , हामीले ७.४ करोड भोट पाएका छौँ, यति भोट आजसम्म कहिले पनि पाएका छैनन्,’ उनले आफ्नो भाषणमा भनेका छन् ।

‘तपाईंहरुले ममाथि विश्वास गर्नुभयो, यो म विनम्रताका साथ स्वीकार गर्नेछु, म अहिले अमेरिकाको राष्ट्रपति भएको छु, मैले सबैलाई सँगै लिएर अघि बढ्नेछु’, बाइडनले पुनः थपेका छन् । साथै उनले रेड स्टेट र ब्लू स्टेटको रुपमा नहेर्ने र आफू पार्टीको नभई सबै सँगै मिलेर काम गर्ने बताएका छन् ।


कस्तो लाग्यो ?

यो पनि