जेठ ०१, २०८१, मंगलबार
               

कमला अमेरिकाको पहिलो महिला उपराष्ट्रपति निर्वाचित

एजेन्सी
कात्तिक २३, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपतीय निर्वाचनमा डेमोक्रेटिक पार्टीको विजय सुनिश्चित भएसँगै दक्षिण एसियाली-अफ्रिकी मुलकी कमला ह्यारिस पहिलो महिला उपराष्ट्रपति बन्ने पक्का भएको छ । 

उनी जमैकन बाबु र भारतीय मुलकी आमाकी छोरी हुन् । 

भारतीय हिन्दू आमा 

बाबुआमाको सम्बन्ध बिच्छेद भएपछि क्यान्सर अनुसन्धानकर्ता एवं नागरिक अधिकारकर्मीको पहिचान बनाएकी हिन्दू एकल आमाले उनको लालनपालन गरिन् । 

उनी आमासँगै भारत जाँदै त्यहाँको परम्परासँग अभ्यस्त भएर हुर्किइन् । 

तर, ह्यारिसले आफ्नी आमाले ओक्लन्डको अफ्रिकी–अमेरिकी संस्कृति अवलम्बन गरेको र त्यसमा आफू र आफ्नी बहिनीलाई अभ्यस्त बनाएको जनाएकी छन् ।

डेमोक्रेटिकबाट जो बाइेडन राष्ट्रपति र कमला उपराष्ट्रपतिका उम्मेदवार हुन् । पेन्सिलभेनियामा डेमोक्रेटिक पार्टी विजयी हुने तय भएसँगै राष्ट्रपति– उपराष्ट्रपति चयनका लागि आवश्यक २७० मत उनीहरुको पक्षमा पुुग्ने पक्का देखिएको हो ।

कमलाले अब जनवरी २० देखि आफ्नो कार्यकाल सम्हाल्नेछिन् ।

बाइडनलाई समर्थन गर्दै कमला

को हुन् कमला ?

कमला अमेरिकाको उपराष्ट्रपति पदका लागि चुनाव लड्ने र निर्वाचित हुने पहिलो अश्वेत र एसियन अमेरिकन हुन् । 

इन्डियन-जमैकन मूलकी क्यालिफोर्नियाकी सांसद हुन् । क्यालिफोर्नियामा महान्यायाधिवक्ता भइसकेकी उनले देशव्यापी रूपमा भएको रङ्गभेदविरुद्धको प्रदर्शनका बीच प्रहरीमा सुधारको आह्वान गरिरहेकी थिइन् । 

अमेरिकामा हालसम्म अन्य दुईजना महिलाहरू मात्र उपराष्ट्रपतिका लागि उम्मेदवार बनेका छन् । सन् २००८ मा रिपब्लिकन पार्टीका तर्फबाट साराह पालिन र सन् १९८४ मा डेमोक्र्याटका तर्फबाट जेरल्डिन फरारो उम्मेदवार बनेकी थिइन् । तर दुवैजनाले चुनाव जित्न सकेनन् । 

यसभन्दा अघिसम्म अमेरिकामा अश्वेत महिलाले राष्ट्रपति उम्मेदवारको टिकट पाएका थिएनन् ।  

५५ वर्षीया कमला ह्यारिस डिसेम्बरमा राष्ट्रपति उम्मेदवारको दौडबाट बाहिरिएकी थिइन् । 

उनी क्यालिफोर्नियाको ओक्लान्डामा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए । 

उनले अश्वेत विश्वविद्यालय र कलेज भनेर ऐतिहासिक रूपमा चिनिएको हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी हुन् । 

कमलाले आफ्नो पहिचानलाई लिएर सधैँ आफू सन्तुष्ट रहेको बताउने गरेकी छन् र उनले आफूलाई 'एक अमेरिकी' भन्ने गर्छिन् । 


कस्तो लाग्यो ?

यो पनि