बैशाख २४, २०८१, सोमबार
               

जासिन्डाले नियुक्त गरिन् समलिंगी उपप्रधानमन्त्री, विदेशमन्त्रीको अनुहारमा ट्याटु

एजेन्सी
कात्तिक २२, २०७७

ADVERTISEMENT

न्युजिल्यान्डमा पहिलोपटक समलिंगी व्यक्ति उपप्रधानमन्त्रीमा चयन भएका छन् ।

नयाँ कार्यकालका लागि प्रधानमन्त्री निर्वाचित बनेकी जासिन्डा आर्डेनले आफ्नो देशको मन्त्रिपरिषद् यसपटक समावेशी भएको बताएकी छिन् ।

उनले देशको पहिलो समलिंगी उपप्रधानमन्त्रीको रुपमा ग्रान्ट रोवर्टसनलाई नियुक्त गरेकी हुन् ।

यस्तै आर्डेनले नयाँ विदेशमन्त्रीमा नानइया महुतालाई नियुक्त गरेकी छिन् । महुताको अनुहारमा ट्याटु खोपिएको छ ।

कोरोना महामारीको समयमा न्युजिल्यान्डमा कोरोना नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेलेकी आर्डेनको निकै चर्चा भएको थियो ।

यसपटक आर्डेनले आफ्नो क्याबिनेटमा पिछडिएको समुदाय माओरीबाट प्रतिनिधित्व हुनेगरी पनि सदस्य नियुक्त गरेकी छिन् । 


कस्तो लाग्यो ?

यो पनि