जेठ ०६, २०८१, आइतबार
               

यो चुनाव आफूले जितिसकेको ट्रम्पको दाबी

नेपाल फ्ल्यास
कात्तिक १९, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव आफूले जितिसकेको दाबी गरेका छन् । ह्वाइट हाउसमा आफ्ना सर्मथकलाई सम्बोधन गरी उनले आफूहरु ठूलो जितको क्रममा रहेको बताएका हुन् ।

उनले भने, ‘हामी चुनाव जित्ने तयारी छौँ । वास्तवमा भन्दा हामीले जितिसकेका छौँ ।’

उनले चुनावको अन्तिम नतिजा नआउँदै जितको घोषणा गरेका हुन् । उनले अहिले मतगणा भइरहेका राज्यमा डेमोक्र्याटले धाँधली गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘चुनावमा धाँधली भएको छ । हामी कानूनको पूर्ण पालना गराउन लाग्ने छौँ । सर्वोच्च अदालत जाने छौँ । चार बजेपछि आएका कुनै पनि मत गणना हुन दिने छैनौँ ।’

तर अहिलेसम्म ट्रम्पले दाबी गरेजस्तो धाँधलीको कुनै प्रमाण आएको छैन । उनले मतगणना भइरहेका राज्यमा पनि आफू विजयी भएको दाबी गरेका छन् ।

पेनसिलभेनिया, विस्कनसिन, जर्जा, एरिजोना, नेभाडा, नर्थ क्यारोलाइना, मिसिगनसहितका राज्यमा पनि आफूले जितेको दाबी ट्रम्पले गरेका छन् ।

एरिजोना र नेभाडामा बाइडेन अघि रहेका छन् । ती राज्यमा मतगणना जारी रहनु पर्ने ट्रम्पले बताएका छन् ।

तर आफू अघि रहेका अरु राज्यमा मतगणना रोकिनुपर्ने आशयको वक्तव्य दिएका छन् । उनले आफू पराजित भएमा सर्वोच्च अदालत जाने चेतावनी दिएका छन् ।


कस्तो लाग्यो ?

यो पनि