जेठ ०६, २०८१, आइतबार
               

‘भारतीय सेनाध्यक्षको भ्रमणले दुवै देशलाई रक्षा सहकार्यको अवसर प्रदान गर्छ’

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपालस्थित भारतीय दूतावासका प्रवक्ता नवीन कुमारले भारतका स्थल सेनाध्यक्षको बुधबारदेखि हुने भ्रमणले दुवै देशलाई रक्षा सहकार्यसम्बन्धी दुईपक्षीय सम्बन्धको बारेमा छलफल गर्ने अवसर प्रदान गर्ने बताएका छन् । सेनाध्यक्षको भ्रमणको विषयलाई लिएर विभिन्न सञ्चार माध्यमले राखेको जिज्ञासामा उनले यसलाई अझ सुदृढ गर्नका लागि बाटो खोल्ने धारणा व्यक्त गरेका हुन् ।

यसका अलवा उनले भारतले आफ्नो सेना प्रमुखको नेपाल भ्रमणलाई लामो समयदेखि दुई सेनाको बीचमा रहेको परम्परागत सम्बन्धलाई सुदृढ बनाउने बताएको छ ।

विगत एक वर्षदेखि नेपाल र भारतबीचमा सीमा विवादका कारण राजनीतिक र कूटनीतिक तहमा संवाद हुन सकेको छैन । त्यसमाथि पनि भारतीय सेना प्रमुखले नेपालले कसैको इशारामा कालापानीको विषय उठाएको अभिव्यक्ति दिएपछि नेपालमा त्यसको निकै आलोचना भएको थियो । गत वर्ष दुई देशको बीचमा सीमा विवाद उत्पन्न भएपछि भारतको तर्फबाट हुन लागेको यो उच्च भ्रमण हो ।

बुधबार भारतका सेना प्रमुख मनोज मुकुन्द नरवणे तीनदिने भ्रमणका लागि नेपाल आउँदैछन् । दुई देशको सम्बन्ध समान्य रहँदाको अवस्थामा भारतीय सेना प्रमुखको भ्रमण एउटा नियमित भ्रमण नै हो ।

सेना प्रमुखको कार्यभार सम्हालेलगत्तै दुवै देशका सेना प्रमुखले अर्को देशको मानार्थ महारथीको दर्जा लिने लामो समयदेखिको परम्परा छ । तर, यो भ्रमणलाई नेपाल भारत दु्वैले निकै महत्वका साथ हेरेका छन्। उनको भ्रमणको महत्व केही दिनअघि मात्रै रअ प्रमुखको गोप्य नेपाल भ्रमण र भेटघाटले अझ चर्चामा ल्याएको छ । 


कस्तो लाग्यो ?

यो पनि