जेठ ०५, २०८१, शनिबार
               

भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितै उद्धार

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

टर्कीको भूकम्पमा पुरिएकी तीन वर्षीय बालिकाको ६५ घण्टापछि जीवितै उद्धार  गरिएको छ । 

टर्कीमा एक तीन वर्षीय बालिकालाई भूकम्पले भत्काएको भवनको भग्नावशेषमा पुरिएको अवस्थामा करिब ६५ घण्टापछि जीवितै उद्धार गरिएको हो । शुक्रवारको भूकम्पपछि टर्कीमा उद्धारकार्य जारी छ।

सात म्याग्निट्युडको शक्तिशाली भूकम्पले टर्कीको इज्मिर सहर आसपासका क्षेत्रका भवनहरूमा क्षति पुर्‍याएको छ। स्थानीय अधिकारीहरूका अनुसार २० वटा घर भत्केका छन्।

मानिसहरू पुरिएको हुनसक्ने आशंकामा उद्धारकर्ताहरूले खोजी कार्य गरिरहेका छन् । अहिलेसम्म चार जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको विवरण प्राप्त भएका छन्।

अमेरिकी भूगर्भ निकायका अनुसार सात म्याग्निट्युडको भूकम्पको धक्का धेरै टाढा एथेन्स र इस्तानबुलमा समेत महसुस गरिएको थियो।

टर्कीमा भूकम्प गइरहन्छ। सन् १९९९ मा इज्मिरमा गएको भूकम्पमा करिब १७ हजार मानिसले ज्यान गुमाएका थिए।


कस्तो लाग्यो ?

यो पनि