जेठ ०५, २०८१, शनिबार
               

अस्ट्रियाको राजधानीमा आतंकवादी हमला, दुईको मृत्यु

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

एजेन्सी । अस्ट्रियाको राजधानी भिएनामा आतंकवादी हमलामा कम्तीमा दुई जनाको मृत्यु भएको छ । भियनाका विभिन्न ६ स्थानमा भएको हमलामा एक हमलाकारीसहित दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अन्य १५ जना घाइते भएका छन् । त्यसमध्ये ६ जनाको अवस्था गम्भीर रहेको त्यहाँका मेयरले जनाएका छन् ।

राइफलसहित आएका व्यक्तिहरूले एकसाथ ६ फरक स्थानमा गोली चलाउन थालेका थिए । लगत्तै प्रहरी र आक्रमणकारीहरूबीच गोली हानाहान भएको थियो ।

घटनालाई अस्ट्रियाका चान्सलर जेबास्टियन कुर्ट्सले एउटा ‘घृणित आतङ्कवादी हमला’ भनेका छन् ।

आक्रमणमा एक हमलाकारी मारिएको र अर्का एकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दालाई सार्वजनिक ठाउँमा ननिस्किन र यातायात प्रयोग नगर्न अस्ट्रिया सरकारले आग्रह गरेको छ ।

चेक गणतन्त्रका प्रहरीले अस्ट्रियासँगको सीमानामा सुरक्षा जाँच सुरू गरेको बिबिसीले जनाएको छ ।



 


कस्तो लाग्यो ?

यो पनि