शक्तिशाली गोनी आँधीका कारण फिलिपिन्सको जनजीवन प्रभावित भएको छ। एसियामा यो वर्षकै सबैभन्दा शक्तिशाली आँधी गोनीका कारण २२५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको छ ।
आँधीका कारण राजधानी मनिलासहितका क्षेत्रको जनजीवन प्रभावित भएको छ ।
झण्डै १० लाख मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
अझै केही घण्टा तीव्र गतिमा हावा चल्ने तथा भारी वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ ।