जेठ ०६, २०८१, आइतबार
               

किन रिसाए राष्ट्रपति ट्रम्प ?

एजेन्सी
कात्तिक ०४, २०७७

ADVERTISEMENT

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मतदानको दिन नजिकिदै जाँदा सवैतिर थप आक्रामक देखिदै आएका छन् । 

अमेरिकी उच्च ओहोदामा रहेका र अति सम्मान गरिने विज्ञ डा. एन्थोनी फाउचीप्रति उनले सोमबार आक्रोस व्यक्त गरेका छन् ।  

देशको पश्चिमी क्षेत्रको भ्रमणको तेस्रो दिन उनले चुनावी अभियानका क्रममा भोगेकामध्ये सवैभन्दा नराम्रो दवाव भोग्नु पर्यो । चुनावी अभियानका क्रममा उनले विवादास्पद र कतिपयले अति मन नपराउने अभिव्यक्तिहरु दिएका छन् । 

फाउचीलगायतका विज्ञहरुमाथिको उनको अभिव्यक्ति सवैभन्दा विवादास्पद अभिव्यक्ति भएको छ । उच्च तहका विज्ञ फाउचीलाई उनले टिभीमा जादै बोलिरहने र देश र जनतालाई भाँड्ने सरकारलाई असहयोग गर्ने पात्रको रुपमा चित्रित गरेका छन् । 

“फाउची र उनीहरु जस्तै अरु धेरैका कुरा सुन्दा सुन्दा जनता आजित भइसकेका छन्, उनीहरु आफैमा प्रकोप हुन, उनीहरुका कारणले नै यहाँको अवस्था विग्रिएको हो,” ट्रम्पले भने । 

त्यसैगरी कोरोनाभाइरसका बारेमा उनले दिएको अभिव्यक्ति पनि आलोचित भइरहेको छ । 

“म डराएको आत्तिएको छैन,” टक्सन, अरिजोनालगायतका क्षेत्रमा जानुअघि पत्रकारहरुसँग उनले भने । 

“मलाई लाग्छ म आक्रामक रुपमा दौडिरहेको छु, म धेरै खुशी पनि छु, मैले राम्रो गरिरहेको छु र म सन्तोषजनक अवस्थामा छु,” उनले भने । 

उनले आफूहरुले जित्ने विश्वास र आधार देखिएको दावी गर्दै आफ्नो फेरि जित हुने देखेर केही समूहहरु आत्तिएको टिप्पणी पनि गरे । 

उनले यसअघि सन् २०१६ मा चुनाव लडेको बेलामाभन्दा अहिले सहज महसुस गरिरहेको र अहिले आफुहरु ठिक अवस्थामा रहेको पनि बताए ।


कस्तो लाग्यो ?

यो पनि