बैशाख २५, २०८१, मंगलबार
               

६७ वर्षपछि अमेरिकामा महिलालाई मृत्युदण्ड, के गरेकी थिइन् अपराध ?

एजेन्सी
कात्तिक ०२, २०७७

ADVERTISEMENT

अमेरिकी सरकारले ६७ वर्षमा पहिलोपटक महिलालाई मृत्युदण्ड दिने भएको छ ।

अमेरिकी सरकारले  सन् २००४ मा गरेको अपराधमा दोषी पाइएकी लिजा मोन्टगोमेरीलाई मृत्युदण्ड दिन लागेको हो ।

आगामी डिसेम्बर ८ मा लिजा मोन्टगोमेरीलाई घातक इन्जेक्सन दिएर मृत्युदण्ड दिइने सिएनएनले जनाएको छ ।

लिजाले मिजोरीकी ८ महिनाकी गर्भवतीको हत्या गर्नुका साथै उनको बच्चालाई अपहरण समेत गरेकी थिइन् ।

यसअघि सन् १९५३ डिसेम्बर १८ मा बोनी ब्राउन हेडी नामकी महिलालाई अमेरिकामा मृत्युदण्ड दिइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि