जेठ ०६, २०८१, आइतबार
               

अर्मेनिया र अजरबैजानबीचको युद्धविराम पालना भएन, आक्रमण जारी

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

अर्मेनिया र अजरबैजानबीचको विवादास्पद नागोर्नो कारावाख क्षेत्रमा गरिएको युद्धविरामको पालना हुन नसकेको बताइएको छ । यसबाट उक्त क्षेत्रमा हमलाहरू अहिले पनि जारी रहेका छन् । यसै हप्तामात्र युद्ध विरामको पालना गर्न रुसले दुवै पक्षलाई आग्रह गरेको थियो ।

रुसका रक्षामन्त्री सेर्गेइ सउगीले अर्मेनिया र अजरबैजानका रक्षामन्त्रीहरूलाई फोन गरेर रुसको पहलामा भएको उक्त युद्धविरामका शर्त पालना गर्न आग्रह गरेका बताइएको थियो । तर पनि रुसको पहलमा करिब दुई हप्ता अघि रुसको राजधानी मस्कोमा यी दुई देशबीच काराबाख क्षेत्रको विषयलाई लिएर भएको युद्ध विरामको पालना हुन नसकेको बताइएको छ ।  

उक्त युद्ध विरामको उल्लंघन भइरहेको र पछिल्ला यी आक्रमणहरूमा परी अजरबैजानका मात्र ४३ जना सर्वसाधारणको ज्यान गएको बताइएको छ । रुसमा गरिएको अस्थायी युद्धविराम सहमतिलाई उल्लंघन गर्दै दुवै पक्ष आक्रमणमा उत्रिएका समाचारहरू पछिल्ला केही दिनयता देखि नै आइरहेका छन् ।

नागोर्नो काराबाख क्षेत्रमा अजरबैजानले पछिल्लो पटक गरेको आक्रमणमा सयौँ व्यक्ति हताहती भएका छन् । अजरबैजानले आफ्नो तर्फबाट सर्वसाधारण नागरिक ४३ जना मारिएको बताएको छ । गत सेप्टेम्बर २७ मा सुरु भएको युद्धका क्रममा ५ सयभन्दा बढी सैनिक मारिएको दाबी स्थानीय काराबाख प्रशासनले गरेको छ ।

अर्मेनियाली रक्षा मन्त्रालयले अजरबैजानका सैनिकले विवादास्पद क्षेत्रमा आक्रमण गरिरहेको जनाएका छन् । उता अजरबैजानले पनि अर्मेनियाले युद्धविरामको उल्लंघन गरेको बताएको छ । यस विषयमा यी दुई देश एक आपसमा दोषरोपण गर्दै आएका छन् । यस क्रममा सयौं नागरिक घाइते भएका छन् भने अरु हजारौँको घरमा हवाई आक्रमणका कारण क्षति पुगेको छ ।


कस्तो लाग्यो ?

यो पनि