बैशाख २५, २०८१, मंगलबार
               

बंगलादेशमा बलात्कारको ५ दोषीलाई मृत्युदण्डको फैसला

नेपाल फ्ल्यास
असोज २९, २०७७

ADVERTISEMENT

काठमाडौं । बलात्कारको आरोपमा ५ जनालाई बंगलादेशको अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।

सन् २०१२ मा १५ वर्षीया बालिकामाथि भएको सामूहिक बलात्कार को घटनाका दोषी ५ जनालाई बिहीबार मृत्यु दण्डको फैसला सुनाइएको हो ।

समाचार संस्था एएफपीका अनुसार पीडित बालिकाको केटा साथीले उनलाई खोला नजिकैको क्षेत्रमा लिएर गएका थिए । जहाँ पीडितको साथी र अरू दुई जनाले बलात्कार गरेका थिए । यो घटनामा अन्य दुई जना युवकले पनि सघाएका थिए । यो घटनामा पाँचै जनालाई अदालतले दोषी रहेको ठहर गर्दै मृत्युदण्डको फैसला सुनाएको हो ।

सोमबार मात्रै बंगलादेशले बलात्कारको मुद्दामा दोषीलाई मृत्युदण्ड दिने विधेयक पारित गरेको थियो । बलात्कारको मुद्दामा मुलुकभर आन्दोलन चर्किदै गएपछि बंगलादेश सरकारले बलात्कारको मुद्दामा मृत्युदण्ड दिन सकिने गरी कानून संशोधन गरेको थियो। 

गत साता बंगलादेशमा एक सामूहिक बलात्कारको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेसँगै देशभर विरोध प्रदर्शन भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि