जेठ ०६, २०८१, आइतबार
               

१४ महिनापछि रिहा भएकी जम्मु-कश्मीरकी पूर्व मुख्यमन्त्रीको यस्तो सन्देश

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

जम्मु-कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपी पार्टीकी अध्यक्ष महबुबा मुफ्ती १४ महिनापछि रिहा भएकी छिन् । 

उनलाई जम्मु–कश्मीरको प्रशासनले रिहा गरेको हो ।

रिहा भएपछि महबुबा मुफ्तीले आफ्ना समर्थकहरुलाई सामाजिक सञ्जाल ट्विटरमा एक सन्देश शेयर गरेकी छिन् । 

सन्देशमा उनले 'गत वर्ष भारतले असंवैधानिक, अलोकतान्त्रिक, अवैधानिक तरिकाले जम्मु–कश्मीरको स्वतन्त्रता खोसेको' आरोप लगाएकी छिन् । 'अहिले जम्मु कश्मीरको फरक-फरक स्थानमा बन्दी बनाइएका मानिसहरुलाई पनि तत्काल रिहा गर्न' उनले माग गरेकी छिन् ।

महबुबाको विषयमा सर्वोच्च अदालतमा पनि मुद्दा दायर भएको थियो । 

यस विषयमा सर्वोच्च अदालतले कुनै आदेशमा सरकारले उनलाई कति समयका लागि बन्दी बनाउन खोजेको जवाफ दिन सरकारलाई निर्देशन दिको थियो ।

भोलि (बिहीबार) यो मामिलामा सुनुवाइ हुनुभन्दा पहिला नै सरकारले उनलाई रिहा गर्ने निर्णय गरेको हो ।

महबुबाको रिहाइको विपक्षी भारतीय कांग्रेसले स्वागत गरेको छ । 

उनलाई एक वर्षभन्दा लामो समयसम्म हिरासतमा राखिनु शक्तिको दुरुपयोग र लोकतन्त्रको उपहास भएको कांग्रेस नेताहरुले बताएका छन् ।

यो पनि