बैशाख २९, २०८१, शनिबार
               

चक्रवातका कारण भारतमा भीषण वर्षा, कम्तीमा ७ जनाको मृत्यु

एजेन्सी
असोज २८, २०७७

ADVERTISEMENT

चक्रवातका कारण भारतमा भीषण वर्षा हुँदा कम्तीमा ७ जनाको मृत्यु भइसकेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार आन्ध्र प्रदेश र तेलंगनामा ठूलो वर्षा भएको हो । वर्षाका कारण सडक नदीजस्तै बनेका छन् ।

तेलंगनाको राजधानी हैदराबादमा मंगलबार दिउँसो भारी वर्षा भएको हो । जसका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । वर्षाले तेलंगनाको मेडचल मलकजगिरी जिल्लाको घाटकेसर क्षेत्र सबैभन्दा बढी प्रभावित भएको छ ।

मंगलबार बिहान सुरु भएको वर्षा बुधबार बिहान ५ बजेसम्म जारी  थियो । हैदरबादमा २० वर्षयता यति ठूलो वर्षा भएको थिएन ।

त्यहाँको हुसैन सागर तालको जलस्तर निकै माथि पुगेको बताइएको छ ।

आन्ध्र प्रदेशमा मंगलबार बिहानै नरसापुरम काकीनाडा नजिक चक्रवात पुगेको हो । जसका कारण कृष्णा, उभाया गोदावरी और उत्तराञ्चल जिल्लामा चेतावनी दिइएको छ ।


कस्तो लाग्यो ?

यो पनि