जेठ ०६, २०८१, आइतबार
               

ताजिकिस्तानको राष्ट्रपतिमा फेरि इमोमाली निर्वाचित

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

एजेन्सी । ताजिकिस्तानका प्रभावशाली नेता इमोमाली राख्मोन ताजिकिस्तानको राष्ट्रपतीय निर्वाचनमा अत्यधिक मतसहित विजयी फेरि विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार नेता इमोमालीले ९० प्रतिशतभन्दा बढी मत प्राप्त गरेका हुन् ।

विपक्षीहरुको खासै उपस्थिति नरहेको ताजिकिस्तानमा ६८ वर्षीय इमोमाली ताजिकिस्तान स्वतन्त्र भएयता सबैभन्दा बढी अवधि शासनमा रहने भएका छन् । तत्कालीन सोभियत संघबाट अलग्गिएको ताजिकिस्तानले स्वतन्त्रता प्राप्त गरेलगत्तै नुरसुल्तान नजरबायेभ सबैभन्दा लामो अवधि राष्ट्रपति बनेका थिए ।

केन्द्रीय निर्वाचन आयोगका अनुसार चुनावमा ८५ प्रतिशतभन्दा बढी मतदान भएको थियो ।

छिमेकी मुलुकहरु किर्गिस्तान र पूर्वसोभियत गणतन्त्र बेलारुसमा हालै सम्पन्न निर्वाचनमा व्यापक धाँधली भएको भन्दै विरोध जारी छ । तर, ताजिकिस्तानमा त्यस्तै परिस्थिति उत्पन्न हुने तत्काल सम्भावना देखिएको छैन ।

राख्मोन र उनको सरकारले कोरोनाभाइरसका कारण अर्थतन्त्रमा संकट व्यहोर्नु परिरहेको छ । पाँच लाखभन्दा बढी ताजिकहरु खासगरी रुसमा रोजगारीका लागि गएका छन् ।

लन्डनस्थित एक अनुसन्धान संस्था आइएचएस मार्किटका विश्लेषक अलेक्स कोक्चारोभले अघिल्लो वर्षको तुलनामा यस वर्ष विप्रेषणमा १५–२५ प्रतिशतले कमी आएको बताए ।

रुसमा रोजगारी गुमाएर ठूलो संख्यामा ताजिकहरु स्वदेश फर्किएको अवस्थामा मुलुकको अर्थतन्त्र ६.५ प्रतिशतले खुम्चने पनि उनले बताए ।

अर्थतन्त्रमा संकट उत्पन्न भएमा ताजिकिस्तानलाई बाह्य ऋण भुक्तानीमा पनि संकट उत्पन्न हुनेछ । हाल कुल गार्हस्थ्य उत्पादनको करिब एक तिहाइभन्दा बढी ऋण भार छ, र चीनले ताजिकिस्तानलाई सबैभन्दा बढी ऋण दिएको छ ।


कस्तो लाग्यो ?

यो पनि