जेठ ०६, २०८१, आइतबार
               

दक्षिण चीन सागरको विषयमा आसिएन राष्ट्रले बाह्य अवरोध रोक्नुपर्छ : चिनियाँ विदेशमन्त्री वाङ यी

नेपाल फ्ल्यास
असोज २७, २०७७

ADVERTISEMENT

चिनियाँ विदेशमन्त्री वाङ यीले  दक्षिण चीन सागरको विषयमा आसिएन राष्ट्रले बाह्य अवरोध रोक्नुपर्ने बताएका छन्। रोयटर्सका अनुसार मलेसिया भ्रमणमा रहेका यीले दक्षिण चीन सागरको विषयमा बाह्य अवरोध बढेको बताउँदै आसियन राष्ट्रले मिलेर त्यस्ता अवरोध हटाउनुपर्ने बताएका हुन् ।

सो क्रममा मलेसियाका विदेशमन्त्री हिसामुदिन हुसेनले भने शान्तिपूर्ण छलफलको माध्यमबाट दक्षिण चीन सागरको क्षेत्रीय विषयलाई सुल्झाउनुपर्ने बताएका छन् ।

दक्षिण चीन सागर जलक्षेत्र विवादित मानिन्छ। चीनले यस विवादित जलक्षेत्रमा कृत्रिम टापुको निर्माण गरेर सेना तैनाथ गरेको छ ।तर दक्षिण चीन सागर आफ्नो भएको दाबी गर्ने मुलुकहरुले चीनको यस कार्यको विरोध गरेका छन् ।

ब्रुनाइ, मलेसिया, फिलिपिन्स, ताइवान तथा भियतनाम जो आसिएनमा आबद्ध छन् उनीहरुले पनि यो सागर आफ्नो भएको दाबी गर्दै आएका छन् । 

यो पनि