जेठ ०६, २०८१, आइतबार
               

कोलम्बियाका पूर्व राष्ट्रपति उरिबेलाई नजरबन्दमुक्त गर्न आदेश

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

बोगोटा । कोलम्बियाको एक अदालतले शनिबार कोलम्बियाका पूर्व सिनेटर तथा पूर्व राष्ट्रपति अल्भारो उरिबेलाई नजरबन्दबाट मुक्त गर्ने आदेश दिएको छ । उनलाई दुई महिनाभन्दा बढी समयदेखि घरमा नजरबन्दमा राखिएको थियो ।

 यद्यपि उरिबेविरुद्धको कथित घूसखोरी र प्रक्रियात्मक ठगीको लागि अनुसन्धानमा जारी रहेको अदालतले जनाएको छ । यसै विषयलाई लिएर पूर्वराष्ट्रपति उरिबेका एक वकिललाई हिरासतमा राखिएको छ ।

प्रतिपक्षी सिनेटर इभान सिपेडाले एक अर्ध–सैनिक समूहसँगको सम्बन्धको आरोप उरिबे र उनको भाइकोविरूद्ध लगाएका थिए । उरिबेले उल्लेखित घटनामा आफ्नो कुनै सम्लग्नता नरहेको बताउँदै गरेको गुनासोमाथि सुनुवाई गर्दै अदालतले उनलाई सफाइ दिएको हो । 

उरिबे डिमोक्रेटिक सेन्टर पार्टीका सिनेटर हुँदै राष्ट्रपतिमा निर्वाचित बनेका थिए । न्यायाधीशले उरीबेलाई नजरबन्दबाट मुक्त गर्ने निर्णयको सिपेडाले सम्मान गर्ने तर यस मुद्दामा आफ्नो अधिकारको प्रयोग गर्दै माथिल्लो अदालतमा पुनरावेदन गर्ने बताए ।

अगस्टमा राष्ट्रपति इभान डुकले सर्वोच्च अदालतले उरीबेलाई नजरबन्दमा राख्ने निर्णय गरेकोमा दुःख व्यक्त गरेका थिए । उनले उरिबेले अदालतबाट न्याय पाउनेमा विश्वास व्यक्त गरेका थिए । 

यो पनि